Logo
Logo

सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौं : अर्थमन्त्री


315
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने बताएका छन् ।

पौडेलले बजेट निर्माण गर्दा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का पदाधिकारीसँग यस विषयमा छलफल गर्ने विश्वास व्यक्त गरे ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको पदाधिकारीको टोलीले नेपाल राष्ट्र बैङ्कले अटो क्षेत्रमा गरेको कडाइको असरबारे अर्थमन्त्री पौडेललाई जानकारी गराएको थियो ।

भेटमा नाडा अध्यक्ष थापाले आयातमा एलसी खोल्दा अनिवार्य नगद ‘मार्जिन’ राख्नुपर्ने व्यवस्था, आयातमा लगाइएको प्रतिबन्ध आठ महिनापछि हटाइएको निर्णय स्वागतयोग्य भएको बताउनुभएको थियो ।

सरकारको उक्त निर्णयले अटोमोबाइल लगायतका व्यवसायहरुमा सकारात्मक प्रभाव परेको थापाको भनाइ थियो । अध्यक्ष थापाले राष्ट्र बैङ्कका केही नीतिका कारण व्यवसायीले पलायन हुनुपर्ने अवस्था रहेको अर्थमन्त्री पौडेललाई जानकारी गराएको नाडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्