Logo
Logo

राष्ट्रियसभा उपनिर्वाचन : उम्मेदवारी दर्ता आज


315
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज लुम्बिनी प्रदेशमा मनोनयन दर्ता हुन लागेको हो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि रिक्त पदमा उपनिर्वाचन हुने भएको हो ।

एमालेले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाइसकेको छ । पार्टीका केन्द्रीय सदस्य रोल्पाका कुमार दसौदीले एमालेबाट मनोनयन दर्ता गर्ने छन् । नेपाली कांग्रेसबाट भने अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्