
काठमाडौं । ऋणका कारण इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।
सरकारी नीतिका कारण आचार्य ऋणमा परेको र हजारौं कृषक तथा साना उद्यमीको अवस्था उस्तै रहेको भन्दै विभिन्न संघसंस्थाहरुले प्रदर्शन गरेका हुन् ।
काठमाडौंको माइतीघरमा जम्मा भएका विभिन्न संघसंस्थामा आवद्ध युवाले प्लेकार्डमा सरकार विरोधी रानाहरु लेखेर प्रदर्शन गरेका हुन् ।
आचार्यले मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए । लगत्तै उद्धार गरेर उपचारका लागि कीर्तिपुर पुर्याइए पनि आज बिहान उनको निधन भएको थियो ।











