काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका आफन्त अहिले कीर्तिपुर अस्पतालमा भेला भएका छन् । तर, उनीहरुले शवको जिम्मा लिएका छैनन् । राज्यको जिम्मेवार कोही उपस्थित नभएको भन्दै उनीहरुले शव बुझ्न नमानेका हुन् ।

मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान निधन भएको थियो । मृतक आचार्यका मामा बसन्त भट्टराईले मृत्युपछि सरकारको तर्फबाट कुनै पहल भएको बताए । उनले दुई बजेसम्म समय मागेको भन्दै त्यसपछि पनि राज्यबाट कुनै रेस्पोन्स नआए शव लिएर जाने बताए ।
प्रहरी र अस्पताल प्रशासनले समेत जतिसक्दो शव बुझ्न दवाव दिएको उनले बताए । मंगलबार साँझ आचार्यलाई भेट्न राज्यमन्त्री कार्की पुगेकी थिइन् । त्यतिबेला मृत्युको मुखमा रहेका आचार्यले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्न पठाइदिन आग्रह गरेका थिए ।











