Logo
Logo

गण्डकीमा राप्रपाबाट विष्ट, तामाङ र थापा मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?


945
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

१४ बाट घटाएर ११ मन्त्रालय कायम भएको बागमतीमा सत्ता गठबन्धनमा रहेका तीन दल एमाले, माओवादी र राप्रपा सहभागी हुने भएका छन् । एमालेको भागमा ४, माओवादीको भागमा ४ र राप्रपाको भागमा ३ मन्त्रालय परेको प्रदेश सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए ।

३ मन्त्रालय पाएको राप्रपाले राजु विष्ट र डम्बर तामाङलाई मन्त्री बनाउने भएको छ । यसअघि राप्रपाबाटै विना विभागीय मन्त्रीमा उद्धव थापा नियुक्त भइसकेका छन् । विष्ट वन तथा वातावरणमन्त्री, तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र थार्पा ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका हुन् ।

माओवादीबाट मुख्यमन्त्रीमा शालिकराम जम्मरकट्टेल र एमालेबाट अर्थमन्त्रीमा जगन्नाथ थपलियाले यसअघि नै पदभार ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्