काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली मूलको विदेशी नागरिक भएको दाबी गरिएको छ ।
आज (बुधबार) सर्वोच्चमा गृहमन्त्री लामिछानेको नागरिकता तथा राहदानीसम्बन्धी विवादको मुद्दामाथि अन्तिम सुनुवाइअन्तर्गतको बहसमा रिट निवेदक पक्षका तर्फबाट बसह गर्ने कानुनु व्यवसायीहरुले गृमहन्त्री लामिछाने नेपाली मुलको विदेशी नागरिक भएको दाबी गरेका हुन् ।

बहसका क्रममा अधिवक्ता रमण कर्णले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको हुनाले दल खोल्न र सांसद हुन नपाउने तर्क गरे । अमेरिकाको नागरिकता त्याग गरेपछि पुनः प्राप्तिको प्रक्रियामा नै नगई नागरिकता प्राप्त नहुने भएकाले उनलाई नेपाली नागरिक मान्न नसकिने उनको तर्क थियो ।
उनले भने– ‘उहाँ (रवि लामिछान)ले त्याग गरेको निस्सा बुझाउन सक्नुभएको छैने, नेपाली मूलको विदेशी नागरिकको रुपमा लामिछाने हुनुहुन्छ । उहाँले दल खोल्न र सांसद हुन पाउनुहुन्न ।’
अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६ औं दिनमा लामिछानेले नेपालको पासपोर्ट लिएको खुलेको छ । तर उनले पछिमात्रै अमेरिकाको पासपोर्ट त्यागेका थिए ।
लामिछानेको मुद्दामाथि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मेलित संवैधानिक इजलासमा अन्तिम सुनुवाइ जारी छ ।











