Logo
Logo

गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं । गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अर्को सुनुवाइ शुक्रबार हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको सुनुवाइका क्रममा बुधबार सुरुमा दुईजना निवेदहरु अधिवक्ता रवि बसौला र युवराज पौडेल सफलको तर्फबाट बहस भएको थियो ।

लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा बुधबार कायमुकामय प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा सदस्य रहेको संवैधानिक इजलासमा इजलासमा सुनुवाइ भएको हो ।

सुनवाइका क्रममा अधिवक्ता रविराज बर्तौला, वरिष्ठ अधिवक्ता रमन कर्ण, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता अमृत खरेल र नीतिका ढुंगानाले निवेदकको तर्फबाट बहस गरे । त्यस्तै बुधबार दिउँसो खाजापछिको सुनुवाइमा प्रतिवादी सरकारको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीव रेग्मीले बहस गरे ।

त्यस्तै गृहमन्त्री लामिछानेका निजी वकिलहरु सुशील पन्त र सुनिल पोखरेलले पनि जवाफी बहस गरे। अब यो मुद्दाको थप सुनुवाइ शुक्रबार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्