Logo
Logo

माओवादीको कोटामा बाबुरामका सहअध्यक्ष प्रदेशमन्त्री



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का गंगानारायण श्रेष्ठ नेकपा माओवादी केन्द्रको कोटाबाट बागमती प्रदेशको मन्त्री बनेका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नेसपा नेकपा माओवादी केन्द्रसँग एकताको प्रकृयामा रहेको छ । श्रेष्ठ नेसपाका सहअध्यक्ष हुन् । बुधबार बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार हुँदा श्रेष्ठ आन्तरिक मामिलामन्त्री बनेका हुन् ।

मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेसपा पनि माओवादीकै चुनाव चिन्हबाट चुनाव लडेको थियो । माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी नेसपाबाट प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ सदस्य निर्वाचित भएका छन् ।

माओवादी र नेसपाबीच एकता प्रकृया अन्तिम चरणमा पुगेको छ । मन्त्री बनेका श्रेष्ठ नेसपाका वार्ता समिति संयोजक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्