Logo
Logo

एकीकृत समाजवादीले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं । नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक अवस्थाबारे ठोस छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएकोक छ । महासचिव डा।बेदुराम भुसालले माघ २१ र २२ गते बस्नेगरी बैठक बोलाएको जानकारी दिए ।

महासचिव भुसालका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीका विभिन्न तहका कमिटीहरुको बैठक मार्फत गरिएका निर्णयलाई अनुमोदन गर्ने र विकसित परिस्थितिमा पार्टी, संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता प्रदान गर्ने उद्देश्यले बैठक बोलाइएको हो ।

भुसालले बैठकको कार्यसुचीमा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल, समसामयिक प्रस्तावर विविध रहेको जानकारी दिए । सो पार्टीले यसअघि पुस ६ गते सम्पन्न संगठन विभागको बैठकले गरेका विभिन्न निर्णयहरुलाई अन्तर संगठन निर्देशन (असनि)– ३ जारी गरेको थियो ।

जसमा पार्टी तथा संगठनका कमिटीहरु अद्यावधिक गर्ने,सदस्यता नवीकरण तथा वितरण गर्ने,पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकाहरुमा २०७९ चैत मसान्तभित्र कमिटी गठन गर्ने निर्देशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्