Logo
Logo

वडादेखि प्रदेशसम्म अधिवेशन गर्न एकीकृत समाजवादीको निर्देशन



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले अन्तर संगठन निर्देशन (असनि) जारी गरी गरेको छ । पार्टी महासचिव वेदुराम भुसालले आज (बुधबार) असनि जारी गरेको हो ।

उनले आसनी जारी गर्दै आगमी वैशाख १५ गतेभित्र वडा अधिवेशन गरिसक्न निर्देशन गरेको छ । पालिका तथा विशेष इकाहरुमा २०८० वैशाख मसान्तभित्र र जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्न भनिएको छ ।

प्रदेश अधिवेशन भने २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्नुपर्ने अपानीमा निर्देशन दिइएको छ । जनवर्गीय, पेशागत र सामुदायिक सगठनका कमिटीहरूलाई सम्मेलन/अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न र अधिवेशन गर्न पनि भिनिएको छ ।

प्रतिक्रिया दिनुहोस्