Logo
Logo

प्रेमप्रसादको आत्मदाह राज्यसंयन्त्रकै असफलता : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलता भएको बताएका छन् । बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यो नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता भएको बताएका हुन् ।

कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिस्टम ठीक नहुँदै उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन सिस्टमको मर्मत गर्ने अठोट चाहिएको बताए ।

‘अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !’ उनले भनेका छन् ।

थापाको स्टाटस जस्ताको जस्तै

प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक-पटक घोचिरहेको छ ।

यसो सोच्छु – उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि ! फेरि सोच्छु-यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिष्टम चलाउनेको असफलता हो ।

कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठीक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ । अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !

प्रतिक्रिया दिनुहोस्