Logo
Logo

ओसुमाने डेम्बेलेको निर्णायक गोलमा बार्सिलोना सेमिफाइनल प्रवेश



काठमाडौं । ओसुमाने डेम्बेलेको निर्णायक गोलमा बार्सिलोना ‘स्पेनिस कोपा डेलरे’ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १–० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो ।

निर्णयक गोल गरेका डेम्बेलेले खेलको ५२ औं मिनेटमा गोल गरे । यस्तै खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो ।

यस्तै ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ । ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २–१ ले हराएर अन्तिम चारमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्