Logo
Logo

सिनामंगलबाट ३ लाख २० हजार नगदसहित १९ जना जुवाडे पक्राउ



काठमाडौं । काठमाडौ महानगरपालिका- ९ सिनामंलगस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्कासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी शनिबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-९ बिजयचोकबाट तास खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने अछाम साफे नगरपालिका-४ घर भएका ४० वर्षीय निरज शर्मासहित ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी बृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ४ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्