Logo
Logo

रिद्धि सिद्धि सिमेन्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी–३ झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्ट लि. द्वारा आयोजित शिविरमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र वडा नं. ३ का अध्यक्ष प्रीतिलाल लामा सहभागी थिए ।

पालिकाका प्रशासन प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडासदस्य बुद्दीमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख गणेश कुमार सिंहको पनि उपस्थिति थियो ।

सबैको स्वास्थ्यप्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने रिद्धि सिद्धि सिमेन्टले बताएको छ ।
रिद्धि सिद्धि नेपालमै पहिलो पटक अत्याधुनिक रोवोटिक प्रविधि प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्