Logo
Logo

दशैं खर्च जुटाउन पाँच लाख लुटिएको खोज्दा प्रहरी हिरासतमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असोज ।
कम्पनीले तलब र दशैंको पेश्की नदिएपछि दशैं खर्च जुटाउन एक युवकले पाँच लाख रुपैयाँ बराबरको साामन लुटिएको नाटक गरेका छन् । तर, उनको प्रयास असफल भएको छ ।


सर्लाही घर ललितपुरको हात्तिवनस्थित एमएडब्लू इन्टरप्राइजेजमा चालकको रुपमा कार्यरत २६ वर्षिय संग्राम अधिकारीले बिहीबार यस्तो नाटक गरेका हुन् । कञ्चटमा पेस्तोल तेर्साएर आफ्नो गाडीका सामान सुकेधारामा लुटिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
कञ्चटमा पेस्तोल देखाएर नशालु पदार्थ सुघाइएर यामाहा कम्पनीका मेसिनरी सामानहरु लुटेको उनको भनाई थियो । थप सोधुपुछ गर्ने क्रममा कम्पनीले तलब नदिएपछि आफूले सो नाटक गरेको उनले स्वीकारेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए । लुटिएको सामान समेत लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्