Logo
Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई चुनौती दिने को हुन् सुनिता ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असोज ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा राजविराटबाट प्रहरीले सुनिता साहलाई पक्राउ ग¥यो । साह एक महिनाअघिदेखि नै प्रहरीको टाउको दुखाई बन्दै आएकी थिइन् ।


उनी समाजवादी पार्टीकी महिला नेतृ तथा अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी जिल्ला अध्यक्ष हुन् । तर, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रहरी हिरासतमा रहेकी साह पार्टीको सदस्य समेत नरहेको दाबी गरिएको छ। पार्टीको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति पनि विज्ञप्तिमा आपत्ति जनाइएको छ। ‘चिनियाँ राष्ट्रपति सि चिनपिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा विरोध गर्ने आशंकामा पार्टीको नाम मुछेर साह पक्राउ परेको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आएकोमा समाजवादी पार्टीको आपत्ति रहेको छ,’ विज्ञाप्तिमा भनिएको छ।

विज्ञाप्तिमा साहले विगत केही दिनदेखि नै पार्टी विरोधी क्रियाकलाप गर्दै आएको भन्दै पार्टी आवद्धताको पुष्टिसमेत गरिएको छ। पार्टी श्रोतका अनुसार साहको नाम प्रदेससभा सदस्यको समानुपातिक सूचीमा समेत राखिएको थियो।
गत महिना चिनियाँ विदेशमन्त्री नेपाल आउँदा उनले केही महिलाहरुलाई भाटभटेनी घुम्न जाउँ भनी चिनियाँ दुतावास अगाडि लगेर चीनविरोधी नारा लेखिएका ब्यानर बोक्न लगाएर फरार भएकी थिइन् । प्रहरीले अन्य महिलालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सुनिताले झुक्याएको खुलेको थियो । चिनियाँ राष्ट्रपतिको भ्रमणमा समेत उनले त्यस्तै गतिविधि गर्न सक्ने भएकाले प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौंको कमलपोखरी वृत्तमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्