Logo
Logo

माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाट


441
Shares

काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । बिहीबार बिहान कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कनसन गरेको थियो ।

उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

एक लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । माया खोला हाइड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्