काठमाडौं । सरकारले बजेटको आकार संशोधन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिसभा बैठकमा बजेटकाे आकार घटाइएको जानकारी गराएका हुन् ।

मन्त्री पौडेलका अनुसार १४ प्रतिशतले बजेटको आकार घटाएको छ । १७ खर्ब ९३ अर्ब विनियोजन गरेपनि मध्यावधि समीक्षामार्फत आकार २ खर्ब ४४ अर्बले घटाइएको उनले जानकारी गराएका छन् । सोअनुसार कुल बजेटको आकार १५ खर्ब ४९ अर्ब रुपैयाँ घट्ने भएको छ ।











