Logo
Logo

चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन (पूर्णपाठ)


567
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले प्रतिवेदन सार्वजनिक गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको उल्लेख छ ।

यस्तै, ५५ वर्षपछि यसवर्षको राजस्व संकलनको वृद्धिदर अघिल्लो वर्षभन्दा निकै कमजोर भएको उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०२४/०२५ पछि यस वर्ष अघिल्लो वर्षभन्दा कम राजस्व संकलन भएको हो ।

चालु आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले साउनदेखि पुस मसान्तसम्मको राजस्व संकलनको लक्ष्य ६ खर्ब ५१ अर्ब ८२ करोड तोकेका थिए । तर, अर्थमन्त्री पौडेलले यो ६ महिनामा ४ खर्ब ९० अर्ब ४ करोड मात्र राजस्व संकलन भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्