Logo
Logo

सुनको मूल्य प्रतितोला २ सयले घट्यो


693
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पहेँलो धातु सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले घटेको हाे ।

अघिल्लो दिन प्रतितोला एक लाख ३ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ३ हजार ६ सय तोकिएको छ । महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार तीन सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २ सय ९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्