Logo
Logo

अब २९९९ रुपैयाँमै डिशहोमको नयाँ कनेक्सन


630
Shares

काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अब २९९९ रूपैयामै जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागू हुने डिशहोमले जनाएको छ । डिशहोमले आफ्नो ग्राहकलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने अफरसमेत ल्याएको छ ।

डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्फर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । र, हरेक साता १ जना भाग्यशाली ग्राहकले नगद एक लाख रुपैयाँ उपहार जित्नेछन् ।

यस्तै, डिशहोमको नियमित रिचार्जमा २० प्रतिशतसम्म बोनस पाउन सकिनेछ । डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्सफर वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत वोनस र रु २००० को रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ ।

नेपालभर रहेका डिशहोमका डिलर, तथा सब डिलर विक्रेताहरुमार्फत ग्राहकले फण्ड ट्रान्फरबाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सकिने डिशहोमले जनाएको छ भने रिचार्ज कार्डबाट बोनस प्राप्त गर्न सकिनेछ । फण्ड ट्रान्फरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्