Logo
Logo

केपी ओली कप : आर्मी र सातदोबाटो बीचको बाँकी खेल आज


819
Shares

काठमाडौं। वर्षाले रोकिएको केपी ओली कपको सेमिफाइनलको बाँकी समयको खेल आज हुदैँछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी रहदाँ मेघ गर्जनसहित पानी परे पछि त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लब बिच रोकिएको सेमीफाइनल खेल आज हुन लागेको हो ।

खेलको सकिन लाग्दा वर्षा भएपछि आजसम्मका लागि खेल स्थगन गरिएको थियो । आयोजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि आज ११ बजे पछि बाँकी ५३ मिनेटपछिको खेल हुनेछ ।

आइतवार भएको खेलमा ५३ मिनेटसम्म कुनै टोलीबाट गोल हुन सकेको थिएन । दोस्रो सेमिफाइनलमा भने दिउँसो ३ बजे मछिन्द्र र आयोजक केपी ओली एफसीबीच हुँदैछ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस्