Logo
Logo

सन्दीपको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउने


945
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा आइतवारदेखि जारी सुनुवाइ सकिएको छ ।

सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको हो।

सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए ।

सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरेका थिए । न्याधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि अब आजै आदेश आउने छ ।

प्रतिक्रिया दिनुहोस्