
काठमाडौं । झापाको दमकस्थित कदम थिएटरको नाट्य हलमा ‘सुम्वादो’ अन्तरदेशिय कविता कार्यक्रम सम्पन्न भएको छ ।
१३ गते शनिबार सम्पन्न कार्यक्रममा नेपाल, प्रवास र भारतका नौ जना कविहरु सहभागी भएका थिए ।
कदम कविता कन्सर्टको विशेष शृङ्खलाको रुपमा आयोजित कार्यक्रममा नेपालका चार, भारतका चार र प्रवासबाट एकजना गरेर जम्मा नौ जना कविहरु सहभागी भएका थिए ।
कार्यक्रममा नेपालबाट किरण शिवा, दीपा दाहाल, रोशन परियार र सन्जित फलाना सहभागी भएका थिए । त्यस्तै भारतबाट आशिष लिम्बू, राकेश क्रान्तिकारी, विशाल नाल्बो र स्मिता सोताङ राई सहभागी भएका थिए । प्रवासबाट कवि पराजित पोमुको सहभागिता थियो ।
हरेक कविहरुले तिन–तिनवटा कविताहरु बाचन गरेका थिए । बाचन गरिएका हरेक कविताहरुमा प्रेम, लैङ्गिक समानता, राजनैतिक बेथितिप्रती प्रश्न, आदिवासी सौन्दर्य, सिमान्तकृत जनताहरुको आवाजजस्ता बिषयहरु समावेश गरिएका थिए ।
नाट्यकर्मी सिजन दाहालले सन्चालन गरेको कार्यक्रममा अग्रज कविद्वय धर्मेन्द्र नेम्बाङ र प्रकाश भण्डारिले तुम्याहाङ कविको भुमिका निभाएका थिए । सुन्दर कुरुप, लोकेन्द्र बन्जरा, रमेस सायन, राजकुमार अनिश्चित चोमु शेर्पा, सुनिता तामाङजस्ता साहित्यकारहरुले उपस्थित जनाएको उक्त कार्यक्रममा तुम्याहाङ कवि धर्मेन्द्र नेम्बाङले अहिलेका युवा कविहरुले नेपाली साहित्यमा राम्रो हस्तक्षेप गरिरहेका संकेत दिएका थिए ।
अर्का तुम्याहाङ कवि प्रकाश भण्डारिले भने यो कार्यक्रमले सिमा पारिका कविहरुलाइ नेपाली कविहरुसङ्ग जोड्न उल्लेखनिय भुमिका खेलेको र यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने बिचार ब्यक्त गरेका थिए ।
सुम्वादोको अर्थ लिम्बुभाषामा तृवेणी भन्ने हुन्छ । तीन फरकफरक परिवेस र भुगोलका कविहरुलाइ उभ्याउनु सुम्वादोको सार्थकता र उदेश्य हो। यश कार्यक्रममार्फत मौलिक शौन्दर्यको खोजी र बेकेन्द्रीकरणको अभ्यास पनि भएको कार्यक्रमको संयोजक बच्चु हिमाङ्सु र सुमन लिङ्देनले बताएका थिए ।
कार्यक्रमको आर्थिक सहयोग कवि अमित याक्थुङ्बा, बलिन्द्र योङहाङ र उत्तम खजुमले गरेका थिए ।











