Logo
Logo

पाँच केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय


819
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

क्यानको सुर्खेतमा सम्पन्न साधारणसभाले केन्द्रीय सदस्यहरू संजयराज सिंह, दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतरा क्षेत्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरूलाई विधानविपरित संघको विरूद्धमा पत्रकार सम्मेलन गरेको र साधारणसभामा अनुपस्थित भएको आरोप लगाइएको छ ।

यसअघि पाँच केन्द्रीय सदस्यसहित राखेपबाट प्रतिनिधि भएर केन्द्रीय सदस्य बनेका छुम्बी लामा र धर्मराज गिरीले नेपाल टी–२० लिग भारतीय कम्पनीलाई दिएर क्यानले ऐनविपरित काम गरेको भन्दै अध्यक्ष चतुरबहादुर चन्दसहित तत्कालिन कार्यवहाक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यद्वय दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका थिए ।

साथै कार्यवहाक सचिव नियुक्ति प्रक्रिया विधान विपरित भएको र टी–२० लिगमा भएको स्पट फिक्सिङमा क्यान नेतृत्व पनि दोषी रहेको भन्दै राष्ट्रिय खेलकुद परिषदमा कारबाहीका लागि निवेदन दिएका थिए ।

साधारणसभाले पाँच जना केन्द्रीय सदस्यबाट चित्त बुझ्दो जवाफ नआए निलम्बन गर्न केन्द्रीय समितिलाई अधिकार दिएको छ ।
यस्तै क्यानले खेलकुद परिषदमा दिएको निवेदनमा समर्थन गरेको भन्दै बागमति प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेतलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यस्ता छन् क्यानको निर्णय:

प्रतिक्रिया दिनुहोस्