Logo
Logo

केन्द्र सरकारबाट बाहिरिएको एमालेका प्रदेशमा कति छन् मन्त्री ?


1.6k
Shares

काठमाडौं । संघीय सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सोमबार बिहान आकस्मिक बैठक राखेर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट ८ मन्त्री सहभागी थिए । उनीहरुले प्रधानमन्त्रीसमक्ष सोमबार नै राजीनामा दिइसकेका छन् ।

एमालेसँगको सहकार्य तोडेर प्रधानमअनत्री प्रचण्डले आठ दलीय मोर्चा बनाएसँगै त्यसको सीधा असर केन्द्रीय सरकारमा मात्र नभई प्रदेश सरकारमा पनि परेको छ ।

केन्द्र सरकारबाट बाहिरिएको एमालेले प्रदेश सरकारहरुबारे भने कुनै निर्णय गरेको छैन् । सातमध्ये तीन प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ । एमालेले प्रदेश सरकारबारे कुनै निर्णय नलिएपनि फेरिएको राजनीतिक परिस्थितीले एमाले नेतृत्वको सरकार ढल्ने सम्भावना प्रवल छ ।

प्रदेश १ मा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र राप्रपाको समर्थनमा एमाले नेतृत्वको सरकार छ । ९३ सिट रहेको प्रदेश सभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको एक सिटसहितको समर्थनमा हिक्मत कार्की मुख्यमन्त्री छन् ।

प्रदेश १ मा मुख्यमन्त्रीसहित एमालेमा दुई मन्त्री छन् । तीलकुमार मेन्याङबो , बुद्धिकुमार राजभण्डारी मन्त्री छन् । मधेश प्रदेशमा एमालेका चारजना मन्त्री र एकजना राज्यमन्त्री छन् ।

त्यस्तै वाग्मतीमा एमालेबाट चार मन्त्री छन् । जगन्नाथ थपलिया, एकलाल श्रेष्ठ, केशव पोखरेल, रामेश्वर श्रेष्ठ मन्त्री रहेका छन् ।
त्यसैगरी गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारी छन् ।

यहाँ एमालेबाट आर्थिक मामिलामन्त्री सीता सुन्दास, आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहामगर र कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङ छन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा एमालेका लीला गिरी मुख्यमन्त्री छन् । एमालेबाट विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी र तुलसीराम शर्मामन्त्री छन् ।

कर्णालीमा एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र जीतबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छन् ।

एमालेले मधेस प्रदेशमा र कर्णाली प्रदेशमा सभामुख पाएको छ भने सुदूरपश्चिममा उपसभामुख पाएको छ । सुदूरमा यसअघि एमाले नेतृत्वकै सरकार भएपनि विश्वासको मत पाउन नसक्दा राजेन्द्रसिंह रावल पदमुक्त भएका थिए । हाल त्यहाँ नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्