
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि दोलखा जाने भएका छन ।
बिहीबार ग्रामीण विकास टुकी सङ्घ दोलखा र सिन्धुपाल्चोकको आयोजनामा सदरमुकाम चरिकोट स्थित सिमपानी सभा हलमा गर्न लागेको टुकी प्रदर्शनी कार्यक्रम उद्घाटन गर्न भण्डारी दोलखा जान लागेका हुन् ।
प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई फ्लेक्स, फोटो, भिडियो लगायतका माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।











