
काठमाडौं । प्रदेश १ ले प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।
प्रदेशसभा सचिवालयले बुधबार सूचना टाँस गर्दै नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई नामाकरणसम्बन्धी प्रस्ताव पेस गर्न आह्वान गरेको हो । सचिवालयले आज बिहान १० बजेदेखि १२ बजेसम्म प्रदेशसभा सचिवसमक्ष प्रदेशको नाम टिपाउन समय ताेकेकाे छ ।
‘प्रदेश नम्बर १ को प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरूलाई आज दिनको १०ः०० बजे देखि १२ः०० बजे सम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।











