
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । आज दिउँसो १ जबे बस्ने भनिएको बैठक १८ दिन पर सारिएको हो ।
विशेष कारण देखाउँदै सभामुख देवराज घिमिरेको आग्रहमा बैठकको समय सारिएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
अबको अर्को बैठक आगामी चैत ५ गते बस्ने संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए । आज बस्ने बैठकका लागि कायूसूची समेत सार्वजनिक भइसकेको थियो ।
फागुन २५ गते राष्ट्रपति तथा चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ । प्रतिनिधिसभा बैठक राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।














