Logo
Logo

ग्रिसमा दुइ रेल आपसमा ठोक्किँदा १५ जनाको मृत्यु



एथेन्स । ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा १५ जनाको ज्यान गएको ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् ।

दुइ रेल आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो र त्यसमा परेर १५ जनाको ज्यान गएको बताइएको छ । मध्य ग्रिसमा मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए ।

रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।

दर्घटनामा परि ८५ जना घाइते भएको र घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्