Logo
Logo

प्रदेश १ : प्रदेशसभा भवन आसपास सुरक्षा व्यवस्था कडा पारियाे


1k
Shares

काठमाडौं । प्रदेश १ को प्रदेशसभा भवन आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सरकारले प्रदेश नामकरणको प्रस्ताव आज प्रदेशसभामा लैजाने तयारी गरेपछि प्रदेशसभा भवन आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

प्रदेशसभा भवन प्रवेशका दुई मार्ग कोसी अस्पताल चोक र देवकोटा चोकमा ठूलो संखयामा प्रहरी खटिएका छन् । उनीहरुले सर्वसाधारणलाई आवतजावतमा समेत रोक लगाएका छन् ।

पहिचानवादी संघ/संस्थाले प्रदेशको नाम ‘कोशी’ राख्ने विषयमा असहमति राख्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश सरकारले सुरक्षा व्यवस्था कडा बनाएको हो ।

प्रदेशसभाको आज बसेको कार्य व्यवस्था समितिको बैठकले आज प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्