
काठमाडौं । नेकपा एमालेले प्रदेश १ को नाम कोशी राख्न प्रस्ताव गरेको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगरले प्रदेश १ को नाम ‘काशी’ राख्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् । उक्त प्रस्तावमा कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको छन्।
प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’
यसअघि एउटा पनि प्रस्ताव दर्ताका लागि नआएपछि संसद सचिवालयले एक घण्टाका लागि समय थप गरेको थियो ।












