Logo
Logo

माओवादीको दोहोरो चरित्र- ‘कोशी’ नाममा फरक मत राख्दै पक्षमा मतदान गर्ने


22.2k
Shares

काठमाडौं । प्रदेश १ लाई ‘कोशी’ नामाकरण गर्न नेकपा माओवादी केन्द्र तयार भएको छ । ‘कोशी’ नाममा फरक मत राख्दै मतदान गर्ने माओवादीले निर्णय गरेको हो ।

प्रदेशसभामा प्रदेशको नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता भइसकेको छ । उक्त प्रस्तावको पक्षमा मतदान गर्ने तर फरक मत रहने माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्बाङ ‘मिक्सो’ले जानकारी दिएका छन् ।

अध्यक्ष नेम्बाङले भने– ‘पहिचानको आधारमा प्रदेश १ को नामाकरण गर्नुपर्ने हाम्रो एजेण्डा यथावत छ । तर, अहिलेको प्रदेशसभामा पहिचान पक्षधरको बहुमत छैन । त्यसैले फरक मत सहित कोशी प्रदेशको पक्षमा मतदान गर्ने पक्षमा पुगेका छौं ।’

कांग्रेस, एमाले र राप्रपाको सहमतिमा प्रदेशको नाम कोशी राख्नुपर्ने प्रस्ताव दर्ता भएको हो । माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने फरक मत राख्ने भएका छन् ।

माओवादीले फरक मत राख्दै पक्षमा मतदान गर्ने निर्णय गरे पनि एकीकृत समाजवादी र जसपाले यसबारे केही निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्