Logo
Logo

प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्न अर्को प्रस्ताव दर्ता


945
Shares

काठमाडौं । प्रदेश १ को नामाकरणसम्बन्धी अर्को प्रस्ताव दर्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर ‘किरात लिम्बुवान सगरमाथा’ राख्न संसद सचिवालयमा अर्को प्रस्ताव दर्ता गराएका हुन् ।

जनता समाजवादी पार्टीले पनि एकीकृत समाजवादीकै प्रस्तावमा समर्थन जनाएको छ । प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । यसअघि प्रदेशको नाम ‘कोशी’ राख्न एमाले र कांग्रेस सांसदहरूले प्रस्ताव दर्ता गरेका थिए ।

एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको छ । सत्तारूढ दल माओवादी केन्द्रले पनि उक्त प्रस्तावमा फरक मत राख्दै मतदान गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्