Logo
Logo

प्रदेश १ को नाम किरात-लिम्बुवान-सगरमाथा अस्वीकृत


693
Shares

विराटनगर । प्रदेश नम्बर-१ को नाम राख्न प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कोसीसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ । त्योसँगै उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको किरात–लिम्बुवान–सगरमाथा नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतबाट अस्वीकृत भएको छ । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए ।

एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो । छलफल पछि बुधबार नै मत विभाजन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्