Logo
Logo

ओलीले वामदेवलाई भने- एमाले तपाइँकै पार्टी हो, फर्कनुस्


4.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गरेका छन् ।
बुधबार राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न गौतमकै निजी निवास भैंसेपाटी पुगेका ओलीले यस्तो आग्रह गरेका हुन् ।

ओलीसँग भेटवार्तापछि गौतमले आफूलाई एमालेमा फर्कन आग्रह गरेको बताएका छन् । उनले आफूलाई राष्ट्रपति निर्वाचनमा सुवासलाई मत दिन आग्रह गर्दै आफूलाई पार्टीमा फर्कन आग्रह गरेको गौतमले बताए । उनले भने, ‘उहाँले एमाले पार्टी तपाईंकै हो, अब पार्टीमा फर्कनुस् भन्नुभयो । तर, मैले उहाँलाई एमालेमा राखिएको ७० वर्षे प्रावधान अवरोध रहेकाले त्यसलाई हटाउँ भनेको छु ।’

एमालेको विधानअनुसार ७० बर्ष उमेर पुगेका कुनैपनि नेतालाई कार्यकारी पदमा रहन वा पार्टीको चुनाव लड्न निषेध गरिएको छ ।

नेकपा विभाजनपछि नेता गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय उनी एमालेबाटै विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग पार्टी एकताका लागि संवादमा छन् ।

प्रतिक्रिया दिनुहोस्