Logo
Logo

बीवाईडी ब्रान्डको खरिदमा कुमारी बैंक र साइमेक्स् इन्कबीच सम्झौता


378
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र साइमेक्स इन्क। प्रा.लि. बीच ग्राहकलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बीवाईडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो ।

यस सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकले अब नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् भने साथै सो कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्