Logo
Logo

ताप्लेजुङमा भूकम्प गयो


819
Shares

काठमाडौं । ताप्लेजुङ केन्द्र बनाएर भूकम्प गएको छ । बुधबार साँझ ५ः४२ बजे ताप्लेजुङ केन्द्र बनाएर भूकम्प गएको हो ।

‘ताप्लेजुङ केन्द्र बनाएर बुधबार ४ म्याग्निच्युडको भूकम्प गएको हो,’ भूकम्पविद् भरत कोइरालाले भने, ‘यो नयाँ भूकम्प हो, परकम्प होइन ।’

यसअघि फागुन १६ गते इलाम केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि फागुन १० गते बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । फागुन १ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्