
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले एक विकेट लिएको छ । यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले विकेट लिएका हुन् ।
यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ राजेको नेपालले पहिलो ओभरमै सफलता हात पारेको हो । केसीले मोहम्मद वासिमको विकेट लिएका हुन् । पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका हुन् ।
नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोहितले लगातार छैठौं पटक टस जितेका हुन् ।
आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन् । मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन् ।











