
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले दोस्रो सफलता हात पारेको छ । यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । युएईका लागि ३८ बलमा १ चौकासहित १८ रन बनाएर खेलिरहेका वृत्य अर्विन्दलाई लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन् ।
यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए । केसीले मोहम्मद वासिमलाई शुन्य रनमा बोल्ड गरे। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका थिए ।











