Logo
Logo

ज्ञानेन्द्र, रोहित र आरिफ शेख शून्य रनमा आउट


1.5k
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्र्तगत त्रिकोणात्क सिरिजमा कप्तान रोहित पौडेल, अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र आरिफ शेख डक आउट भएका छन् ।

जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ५ विकेट गुमाउँदै ७७ रन बनाएको छ । ज्ञानेन्द्र मल्ल २.३ ओभरमा बिनारन आउट हुँदा कप्तान पौडेल दुई बलै बिनारन आउट भए । त्यस्तै एक ओभर खेलको आरिफ पनि शून्य रनमा आउन भए ।

नेपालका लागि ब्याटिङ गरिरहेका आसिफ सेखले ८.५ ओभरमा १७ रन बनाएर आउट हुँदा नेपालका रोहित पौडेल २.५ ओभरमा बिना रन आउट भए । त्यस्तै ओपनर कुशल भुर्तेल १.२ ओभरमा ५ रन बनाएर आउट भएका छन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको छ ।

लिग टुकोे अंक तालिकामा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्