काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्क सिरिजमा कुशल मल्लले अर्धसतक पूरा गरेका छन् ।
जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ५ विकेट गुमाउँदै ८५ रन बनाएको छ । त्यसक्रममा कुशल मल्लले ४८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाएका छन् । अहिले उनले ब्याटिङ गरिरहेका छन् ।

नेपालका ज्ञानेन्द्र मल्ल २.३ ओभरमा बिनारन आउट हुँदा कप्तान रोहित पौडेल दुई बलै बिनारन आउट भए । त्यस्तै एक ओभर खेलको आरिफ शेख पनि शून्य रनमा आउन भएका छन् ।
नेपालका लागि ब्याटिङ गरिरहेका आसिफ सेखले ८.५ ओभरमा १७ रन बनाएर आउट हुँदा नेपालका रोहित पौडेल २.५ ओभरमा बिना रन आउट भए । त्यस्तै ओपनर कुशल भुर्तेल १.२ ओभरमा ५ रन बनाएर आउट भएका छन् ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको छ ।
लिग–२ अंक तालिकामा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ।










