Logo
Logo

आइसीसी लिग-२ : आज नेपाल र पपुवा न्यूगिनी भिड्दै


630
Shares

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै छ । खेल नेपाली समय अनुसार ११ः४५ देखि शुरु हुने छ ।

नेपालले यस सिरिज अन्तर्गत अब मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले टियु क्रिकेट मैदानमा मार्च ९ मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल हाल आइसीसी विश्वकप लिग–२ मा ३० खेलमा २८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले शीर्ष पाँचमा रहन सके सोझै एक दिवसीय मान्यता प्राप्त गर्नेछ ।

यदि नेपालले लिग–२ को शीर्ष पाँचमा पर्दै सोझै एक दिवसीय मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ । त्यस्तै पपुवा न्यूगिनीको ३० खेलमा केवल ७ अङ्क छ र पुछारमा रहेको छ भने युएईको ३० खेलमा ३१ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्