Logo
Logo

मुग्लिन-पोखरा-तनहुँ सडक खण्ड राति १० दिन बन्द हुने


567
Shares

फाइल फाेटाे

काठमाडौं । मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगमी २९ गतेसम्म बन्द हुने भएको छ ।

सडक आयोजनाले एक सूचना जारी गर्दै तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको हो ।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लित्र पोखरा सडक खण्ड (पुर्वी योजना)ले जनाएको छ ।

‘१० दिनसम्म राती १२ बजे देखी बिहान ४ बजेसम्म यातायाता आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नु पर्ने भएकाले सो समयमा अगाडी वा पछाडी मात्र उक्त सडक वारपार गरिदिनु हुन सबन्धित सबै यात्रु महानुभावहरुमा हार्दिक अनुरोध छ’ जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्