Logo
Logo

‘ए’ डिभिजन लिगमा आज दुई खेल


756
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार भिड्नेछन् । चर्च ब्वाइज र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे सुरु हुँदैछ ।

पहिलो खेलमा चर्चले नेपाल पुलिस क्लबलाई हराएको थियो । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको थियो ।

यस्तै, ललितपुरकै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे नै सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्