काठमाडौं । राष्ट्रिय भलिबल टिमका कप्तान अरुणा शाही एनएसजेएप पल्सर स्पोर्ट्स अवार्ड–२०७८ को वर्ष महिला खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा दिइने उक्त अवार्ड मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शाहीलाई प्रदान गरेका हुन् ।
वर्ष महिला खेलाडीको मनोनयनमा दुई महिला क्रिकेटर रुबिना क्षेत्री र सीता रानामगरसहित भलिबलका अरुणा शाही, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका थिए । उनीहरूलाई उछिन्दै शाही वर्ष महिला खेलाडी घोषित भएका हुन्।
अरुणाकै कप्तानीमा नेपालले दुई पटक एभीसी सेन्ट्रल जोनको उपाधि जित्न सफल भएको थियो ।










