Logo
Logo

बुधबार महिलाले ए-डिभिजनका खेलहरू फ्रिमा हेर्न पाउने


315
Shares

काठमाडौं । भोलि (बुधबार) महिलाहरुले ‘ए’ डिभिजनका खेलहरु महिलाले ‘फ्रि’मा हेर्न पाउने भएका छन् ।

मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साधारण प्याराफिटतर्फ निःशुल्क रुपमा हेर्न पाउने व्यवस्था मिलाइएको हो ।

बुधबार च्यासलमा १ र दशरथ रंगशालामा २ गरी ३ खेल हुनेछन् । २ः३० बजे च्यासलमा नेपाल एपिएफ र सातदोबाटोको खेल हुनेछ ।

साथै, दशरथ रंगशालामा २ः३० मा नेपाल पुलिस क्लब विरुद्ध हिमालयन शेर्पा र साँझ ५ः३० बजे मनाङ मस्याङ्दी र संकटा क्लब बिच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्