काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पिएनजीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ ।

यसअघि फागुन १९ मा भएको खेलमा पिएनजीलाई नेपालले हराएको थियो । पिएनजीले दिएको सय ८० रनको टार्गेट पछयाउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अब दुई खेल जिते ३६ अंक हुनेछ । दुई जिते शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ ।
नेपालले टियु मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।
नेपाली टोलीमा रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी छन् । त्यस्तै बेञ्चमा सन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद रहेका छन् ।










