Logo
Logo

रुसले युक्रेनमा आक्रमण तीव्र बनायो



रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण तीव्र बनाएको छ ।

केही दिनदेखि मत्थर भएको आक्रमण आज बिहीवार बिहानैदेखि फेरि तीव्र भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

A smoke rises over the city after Russian missile strikes, amid their attack on Ukraine in Lviv November 15, 2022. REUTERS/Pavlo Palamarchuk

रुसको क्षेप्यास्त्र र ड्रोन हमलाका कारण पानी र बिजुली आपूर्तिमा अवरोध सिर्जना भएको छ । खार्किभका गभर्नर ओलेग सिनेगुबोभले महत्त्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताएका छन् । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम मार्च्नेकोले पनि रुसले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताए । ।

स्थानीय सैन्य प्रशासनका अनुसार राजधानी किएभ क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ । सरकारले नागरिकलाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गरेको छ ।

औद्योगिक सहर बाख्मुतलाई क्रमशः आफ्नो नियन्त्रण लिएको जनाउँदै मस्कोले अन्य क्षेत्रमा पनि आक्रमणलाई तीव्र बनाएको हो । युक्रेनी उपरक्षामन्त्री गन्ना मलियारले भने बाख्मुतमा बुधवार गरिएको प्रतिकारलाई विजय मान्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्