काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले पहिलो जित निकालेको छ ।
आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमा थ्री स्टारले एफसी खुमलटारलाई २-० ले पराजित पराजित गरेको हो । थ्री स्टारको जितमा अजायी मार्टिन्सले दुवै गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको ५३औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई १-० को अग्रता दिलाए । त्यसपछि ८३औं मिनेटमा मार्टिन्सले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई पहिलो जित दिलाए ।
यस जितसँगै थ्री स्टारले ३ खेलबाट ४ अंक बटुलेको छ । लगातार दोस्रो हार बेहोरेको खुमलटारको ३ खेलबाट ३ अंक छ । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई १-० ले पराजित गर्दा दोस्रो खेलमा चर्च ब्वाइजसँग ३-१ ले पराजित भएको थियो ।











